अन्तर्घात छानबिन प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता: जसपा अध्यक्ष यादव

  Sampatti News Online

March 5, 2023

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अन्तर्घात छानबिन प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता गरेका छन् । हिजो (शनिबार) छानबिन समितिको प्रतिवेदन बुझ्दै उनले केही समयभित्रै उक्त प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता गरेका हुन् ।

अध्यक्ष यादवका अनुसार प्रतिवेदन आगामी बैठकमा प्रस्तुत हुन्छ । उनले यो प्रतिवेदनले भविष्यमा अनुशासित मर्यादित पार्टी पंक्तितयार गर्ने र आउने पिँढीलाई मार्गनिदेश गर्ने बताए ।

शिवलाल थापा संयोजकत्वको छानबिन समितिले गत मंसिरमा सम्पन्न निर्वाचनमा भएको अन्तर्घातको स्थलगत रुपमा तयार पारेको प्रतिवेदनमा केन्द्रदेखि स्थानीय तहसम्मका ८० जना नेता, कार्यकर्तालाई कारबाहीको लागि सिफारिस गरेको छ ।

प्रकाशित मिति:March 5, 2023