प्राथमिक तहका लागि ६ हजार १३ पदमा विज्ञापन (सूचीसहित)

  Sampatti News Online

March 23, 2023

शिक्षक सेवा आयोगले प्राथमिक तहका लागि ६ हजार १३ पदमा विज्ञापन आह्वान गरेको छ । ८ वैशाख २०८० सम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ । त्यस्तै दोब्बर दस्तुर तिरेर १५ वैशाखसम्म आवेदन दिन सकिनेछ ।
१८ वर्ष उमेर पूरा भई ४० वर्ष ननाघेका उम्मेदवारहरूले आवेदन दिन सकिनेछ ।

लिखित परीक्षा सामान्य तर्फको २० जेठ २०८० मा हुनेछ । सामान्य विषयको नतिजा सार्वजनिक भएपछि विषयगत परीक्षाको मिति तोकिने आयोगले जनाएको छ ।

सबैभन्दा कोशी प्रदेश अन्तर्गतका जिल्लाका १ हजार ३५५ सिटमा विज्ञापन आह्वान गरिएको छ । आयोगले मधेश प्रदेशमा १ हजार ११७, बागमती प्रदेशमा १ हजार २४१, गण्डकी प्रदेशमा ८६१, लुम्बिनी प्रदेशमा ५३८, कर्णाली प्रदेशमा ४७२ र सुदूरपश्चिम प्रदेश अन्तर्गतका जिल्लाका लागि ४२९ सिटका लागि विज्ञापन आह्वान गरेको हो ।

प्रकाशित मिति:March 23, 2023