भोकै परेको गुनासो गर्दै ट्रयाक्सी चालकले गरे आन्दोलन

  Sampatti News

June 30, 2020

काठमाडौँ । भोकै परेको गुनासो गर्दै ट्याक्सी चालकहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

लकडाउनका कारण बैंकको किस्ता तिर्न नसकेको, भोकभोकै बस्नु पर्ने अवस्था आएको भन्दै चालकहरू प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनका क्रममा काठमाडौँका विभिन्न स्थानबाट तीनसय बढी ट्याक्सी नियन्त्रणमा लिइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उनीहरुलाई केशरमहल, सिंहदरबार, जावलाखेल, कोटेश्वर, गौशाला, महाराजगञ्ज, गोंगबु लगायतका क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

प्रदर्शन भन्दा पनि लकडाउन उलंघन गदै ट्याक्सीहरू सडकमा गुडाएको भन्दै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । साँझसम्म ति ट्याक्सी छाडिने बताइएको छ । ट्याक्सी व्यवसायीहरुले भने आफूहरुलाई प्रहरीले दमन गरेको बताएका छन् ।

प्रकाशित मिति:June 30, 2020