मलेसियाविरुद्ध पहिले बलिङ गर्दै नेपाल

  Sampatti News Online

April 18, 2023

काठमाडौं– एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कप पुरुष क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले बलिङको निम्तो पाएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर मलेसियाले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। 

प्रतियोगितामा १० राष्ट्रको सहभागिता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ए मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह बी मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् ।

हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल खेल्ने छन् । फाइनलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ ।

यस्तै शीर्ष तीनमा रहने टोली एसीसी ईमर्जिङ कपका लागि छनोट हुनेछन् ।

कुशल भुर्तेल, भिम सार्की, आसिफ शेख, ललित राजवंशी,रोहित पौडेल(कप्तान),कुशल मल्ल, आरिफ शेख,दीपेन्द्र सिंह ऐरी, गुलशन झा,सोमपाल कामी,सन्दीप लामिछाने

प्रकाशित मिति:April 18, 2023