नेपाल र साउदी अरबबीचको खेल रद्द, नेपाल एक खेलअघि नै सेमिफाइनलमा

  Sampatti News Online

April 24, 2023

काठमाडौं बर्षाका कारण नेपाल र साउदी अरवबीचको खेल रद्द भएका छ । मूलपानी (माथिल्लो) मैदानमा बिहान ९ बजे सुरु हुनुपर्ने खेल भारी वर्षासँगै टस नहुँदै खेल रद्ध भएपछि नेपाल र साउदी अरबले अंक बाँडेको हो ।

वर्षाका कारण खेल रद्द भएपछि नेपाल र साउदी अरबले १-१ अक बाँडेका छन् । योसँगै नेपाल एक खेलअघि नै एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ ।

तीन खेलबाट पाँच अंक पुर्‍याएको नेपाल सेमिफाइनलमा पुगेको हो । नेपालले तीन खेलबाट ५ अंक जोडेको छ । समान खेलबाट ४ अंकसहित ओमान दोस्रो स्थानमा छ भने समान खेलबाट २ अंक जोडेको मलेसिया तेस्रो स्थानमा छ ।

चौथो स्थानको साउदीको पनि २ अंक छ । यो समूहमा कतारले अंक जोड्न सकेको छैन । नेपालले अन्तिम खेल १४ वैशाखमा कतारसँग खेल्नेछ । यो खेल जितेको अवस्थामा नेपाल समूह विजेता बन्नेछ ।

समूहको अन्तिम खेलमा ओमान र साउदी अरवबीच प्रतिस्पर्धा हुनेछ । सो खेलको विजेता यो समूहबाट सेमिफाइनलमा पुग्ने अर्को टिम बन्नेछ ।

प्रकाशित मिति:April 24, 2023