गृहमन्त्री थापाको अन्तर्राष्ट्रिय विमानस्थलमा ‘छड्के’ जाँच

  Sampatti News

November 21, 2018

काठमाडौं । आज एकाबिहानै सुन्धारास्थित केन्द्रीय कारागारको निरीक्षण गरेका नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले दिउँसो भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘छड्के’ जाँच गरेका छन् ।

गृहमन्त्री थापा विमानस्थलको काम कारबाहीको बारेमा निरीक्षण गर्न एक्कासी विमानस्थल पुगेका थिए ।

थापा पुग्दा त्यहाँ विमानस्थलको प्रस्थान कक्षका १५ कर्मचारी मध्ये ४ जना बाहेक  बाकि सबै कर्मचारी आफ्नो कार्यकक्षमा थिएनन भने  अध्यागमन  विमाग र अन्तर्राष्ट्रिय उडान कक्ष तर्फको पनि धेरैजसो  कर्मचारी आफ्नो कार्य क्षेत्रमा रहेका थिएनन् ।

त्यसबारे थापाले आफ्नो  जिज्ञासा राख्दा एक कर्मचारीले ‘खाजा खान गएको’ भनेर जबाफ दिए । उनले भने यहाँ आउने जाने नागरिकले अनावश्यक दुःख नपाउन भन्ने आफ्नो उद्देश्य रहेकोले खाजा खाने समय १ बजेदेखि दुई बजेबीचमा हुनु पर्ने भन्दै अफिस समयमा आफ्नो कार्यकक्षमा नरहेका कर्मचारीलाई कारबाही गरिने बताएका छन् ।यसैबिच उनले विमानस्थलको कन्ट्रोल रुमको पनि अवलोकन गरेका थिए ।

थापाले विमानस्थललाई व्यवस्थित बनाउन ठोस नीति बनाउन लागिएको जानकारी दिदै विमानस्थललाई व्यवस्थित बनाउन माहतका निकायलाई सचेत गराएका थिए । विमानस्थल अस्तव्यस्त भइरहेको गुनासो आइरहेका बेला मन्त्री थापाले एक्कासी  ‘छड्के’ जाँच गरेका हुन् ।

प्रकाशित मिति:November 21, 2018