नेपाल र युएईबीचको फाइनल खेल स्थगित

  Sampatti News Online

May 1, 2023

काठमाडौँ। एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीचको फाइनल खेल वर्षाका कारण भोलि मंगलबारसम्मका लागि स्थगित भएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो।

स्थगित खेल आजकै स्थितिबाट भोलि खेल सुरू हुनेछ।

प्रकाशित मिति:May 1, 2023