योजनाको मागगर्दै अर्थमन्त्रीलाई नेपाली कांग्रेस द्धारा ज्ञापनपत्र

  Sampatti News Online

May 2, 2023

रौतहट १९ वैशाख। मधेश प्रदेशका आठवटै जिल्लाको लागी विभिन्न योजनाको माग गर्दै अर्थमन्त्री रामशरण महतलाई नेपाली कांग्रेसको प्रतिनिधि मण्डलले ज्ञापनपत्र बुझाएको छ।

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव को नेतृत्वमा गएको प्रतिनिधि मण्डल काठमाडौं स्थित मन्त्री निवास पुगेर मधेस प्रदेशका प्रत्येक जिल्लामा एउटा -एउटा ठुलो योजनाको माग सहीत सोमवार मन्त्री महतलाई ज्ञापनपत्र बुझाएको हो। उक्त योजनाहरुको लागि यसै आर्थिक बर्ष २०८०!०८१ को बजेटमा समाबेश गरिदिनु अनुरोध गरिएको छ।

प्रतिनिधि मण्डलले रौतहटमा सुबिधा सम्पन्न कृषी विश्व विद्यालय निर्मण, बाराको निजगढ नगरपालिका ८ खैरहनीमा डिपिआर तयार रहेको अत्याधुनिक पार्क निर्मण, सर्लाहीमा हजारिया,बागमती, हिरापुर हुँदै सलेमपुर सम्म ४ लेनको बाटो निर्मण तथा विस्तार, बिरगंज देखि पोखरीया हुँदै मिर्जापुर सम्म ४ लेन सडक निर्माण तथा विस्तारको लागि बजेटको माग गरेको छ।

त्यसैगरी धनुषाको धनुषाधाम मुजेलिया हुँदै पूर्व पश्चिम राजमार्ग सम्म ४ लेन सडक निर्माण तथा विस्तार, महोतरीको बर्दिबास देखि जलेश्वर सम्म ४ लेन सडक निर्माण तथा विस्तार,र सिरहाको रुपनी देखि राजविराज सम्म ४ लेन सडक निर्माण तथा विस्तारको लागी आवश्यक बजेट छुट्याउन माग गरीएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

उक्त अवसरमा ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री रामशरण महतले मधेश प्रदेशको लागी माग गरीएको योजनाको लागी यसै आर्थिक बर्षको बजेटमा व्यवस्था गर्न सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाएको प्रतिनिधि मण्डलमा सहभागी प्रदेश सांसद सुनील कुमार यादव जितेन्द्र ले बताएका छन।

  काङ्ग्रेस सह-महामन्त्री महेन्द्र यादवको नेतृत्वमा गएको प्रतिनिधि मण्डलमा काँग्रेस केन्द्रिय सदस्य आनन्द ढुंगाना, काङ्ग्रेस मधेस परदेश सभापति कृष्ण प्रसाद यादव, प्रदेश सांसद नागेन्द्र साह  प्रदेश सांसद सुनिल यादव लगायतको सहभागीता रहेको कांग्रेस नेता एमडी सनमले जानकारी दिएका छन।

प्रकाशित मिति:May 2, 2023