यस्तो छ आज जेठ २ गतेको राशिफल

  Sampatti News Online

May 16, 2023

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वास्थ्यमा समस्या देखा पर्नसक्छ अतः सचेत रहनु होला । मानसिक चिन्ता र आफूलाई कमजोर भएको अनुभूति हुनेछ, तर पारिवारिक सहयोग मिल्नेछ ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज कष्टकर र अनावश्यक यात्रा हुन सक्छ । स्वास्थ्यमा सजग रहनु नै उचित हुनेछ । पुँजी बजार र शेयर बजारले पनि साथ नदेला ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कुनै कुराले मनमा शान्ति छाउनेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सामान हराउने वा चोरी हुने सम्भावना छ । शुभ चिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइन सक्छ र दैनिक काममा अवरोधको सामना गर्नुपर्छ ।

वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभकार्यको चर्चा चल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धर्मसंस्कृति सभासमारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको काम सम्पादन हुनसक्छ । प्रतिस्पर्धामा सफलता मिल्न सक्छ ।

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । अधुरा कामहरू पुरा हुनकबसक्छ । शेयर बजारको लगानी पनि राम्रै रहला ।

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । सहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान पनि मिल्नेछ ।

प्रकाशित मिति:May 16, 2023