वडा सचिव र जनप्रतिनिधिविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  Sampatti News Online

May 26, 2023

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा सचिव र जनप्रतिनिधिविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सेवाग्राहीसँग घुस/रिसवत मागेको आरोपमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष अर्जुन कुमार चौधरी र वडा सचिव माधव कुमार रायविरुद्ध मुद्दा दायर गरिएको हो ।

जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग ५० हजार घुस रिसवत मागेको अख्तियारको ठहर छ ।

चौधरी र रायले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको हुँदा निजहरूलाई पचास हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) देहाय (ख) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना सजायसमेत हुन मागदावी लिई आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

प्रकाशित मिति:May 26, 2023