राष्ट्र बैंकले २९ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने

  Sampatti News Online

May 26, 2023

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार २९ अर्ब रुपैयाँ भन्दाबढीको ट्रेजरी बोलकबोल गर्ने भएका छन् । बैंकले २८ दिन अवधिको ४ अर्ब, ९१ दिन अवधिको ७ अर्ब १३ करोड रुपैयाँ, १८२ दिन अवधिको ६ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको १२ अर्ब रुपैयाँ गरी कुल २९ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी असार १२ गते, ९१ दिन अवधिको ट्रेजरी भदौ १२ गते, १८२ दिन अवधिको मंसिर १२ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८१ जेठ १५ गते परिपक्व हुनेछ ।

यसअघि बैंकले २८ दिन अवधिको १० अर्ब, ९१ दिन अवधिको ४ अर्ब २३ करोड ३२ लाख रुपैयाँ, १८२ दिन अवधिको १२ अर्ब ४७ करोड रुपैयाँ र ३६४ दिन अवधिको ७ अर्ब ५० करोड रुपैयाँ गरी कुल ३४ अर्ब २० करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले मंगलबार ट्रेजरी बिल जारी गर्नेछ । 

प्रकाशित मिति:May 26, 2023