नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार महर्जन पक्राउ

  Sampatti News Online

May 26, 2023

काठमाडाै‌ । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेकी अभियुक्त लक्ष्मी महर्जनलाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार जिल्ला अदालत काठमाडौंमा उनलाई पक्राउ गरेर उपस्थित गराइएको छ ।

फरार भनिएकी ललितपुरकी ३२ वर्षीया महर्जनको बैंक खाता प्रयोग भएका आधारमा उनलाई पक्राउ गरिएको हो ।

उनी सहित यस प्रकरणमा हालसम्म १७ जना पक्राउ परिसकेका छन् । यस ठगी प्रकरणमा अझै १३ जना फरार रहेका छन्।

प्रकाशित मिति:May 26, 2023