यस्तो छ  १५ जेष्ठ २०८०, सोमबार आजको राशिफल

  Sampatti News Online

May 29, 2023

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज पढाइ लेखाइमा मन जानेछ । प्रेमको डोरो कसिलो भएर जानेछ । पढाइ लेखाइमा मन पनि जानेछ, तर स्वास्थ्यको ख्याल गर्नु होला ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) व्यवहारमा सतर्कता अपनाउनु पर्ला, नत्र झुटो बोल्न बाध्य भइनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर साँझ सम्म धन हात पर्न सक्छ ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक तथा समाजसेवामा मनलाग्ने छ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धूम्रपान र मद्यपानबाट ढाडै रहनु होला । गरेको कार्यमा बाधा आउनसक्छ, तर आर्थिक लाभ भने हुनेछ । वैदेशिक र प्राविधिक कार्यमा राम्रो हुनेछ ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । नयाँ कार्यको थालनी हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या र औषधी उपचार खर्च बढ्नेछ, तर दिनको उत्तरार्धमा लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।

वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । व्यापारमा सफलता मिल्नेछ ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । सन्तान सुख मिल्नेछ । चुनौतीको सामना गर्नुपर्ला तर यात्रा सफल नै हुनेछ ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभ समाचार सुन्न पाइएला । नयाँ कार्यको थालनी हुनसक्छ ।

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज स्वादिष्ट भोजन पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्ला । कुटुम्बको सहयोग पनि मिल्नेछ ।

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । पार्टनरसिपको कार्यमा सफलता मिल्नेछ ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । रमाइलो यात्राको योग रहेको छ, साथै नयाँ कार्यको योजनले गति पाउनेछ ।

प्रकाशित मिति:May 29, 2023