आईटी आर्मीले वैदेशिक रोजगारीमा निगरानी गर्ने

  Sampatti News Online

May 29, 2023

रौतहट १जेठ। प्रभू साह नेतृत्वकाे आम जनता पार्टी  निकट आईटी आर्मीले बैदेशिक रोजगारीमा निगरानी गर्ने भएको छ। आईटी आर्मीले वैदेशिक रोजगारीमा समस्यामा परेका ठगिएका पीडितको  हकहित एवं अधिकारका लागि आवाज उठाउँने भएको हो । 

आजपा केन्द्रीय कार्यालय काठमाडौंमा हालै बसेको बैठकले बैदेशिक रोजगारीमा ठगिएका श्रमिकलाई न्याय दिलाउँन  गलत ठहर हुने मेनपावर र एजेण्टरुलाई कानूनी दायरामा ल्याउँन दवाब सृजना गने उदेश्यले आर्मीका अध्यक्ष चन्द्र भुषण साहको नेतृत्वमा संघर्ष समिति गठन गरेको छ । 

 अध्यक्ष  साहको अध्यक्षतामा वैदेशिक रोजगार पीडित संघर्ष समिति गठन भएको छ । समितिले बैदेशिक रोजगारमा ठगिएका श्रमिकलाई न्याय दिलाउँन संघर्षका कार्यक्रम गर्ने आईटी आर्मीका केन्द्रीय सदस्य नविन साहले बताए ।

पूर्व मन्त्री तथा आमजनता पार्टीका अध्यक्ष  प्रभु साहले बैदेशिक रोजगारमा गएका तर बिभिन्न मेनपावर एवं एजेण्टका कारण ठगिएका नेपाली श्रमिकको पक्षमा उनीहरुको हकअधिकारका लागि आवाज उठाउँन आवश्यक रहेको बताएका छन । 

केही दलाल एवं बदमास मेनपावर एजेण्टका कारण उनीहरु दुखमा समस्यामा छन् । उनीहरुको हकअधिकारको बारेमा बोलिदिने, लडिदिने आईटी आर्मीले उनीहरुको आवाज बनेर न्याय दिलाउने छ अध्यक्ष साहले भनेका छन।

सामाजिक न्याय, सुशासन तथा समाजवादप्रति प्रतिबद्ध रही आम जनताको लोकतन्त्र प्राप्तिका लागी आईटी आर्मी अझै सक्रिय हुनुपर्ने उनले बताए । समाजमा फैलिरहेको भ्रम, द्वन्द्व र विभाजनको स्थितिलाई सुचनाप्रबिधीको माध्यमबाट नागरीकलाइ सुसुचीत पार्दै देशलाइ समृद्धीतर्फ अगाडी बढाउने उदेश्यले गठीत आइटी आर्मी आजपाको रिड रहेको रहेको उनले स्मरण गरेको जनकपुर बाट प्रकाशित आजको मधेश दृष्टि दैनिक पत्रीकामा प्रकाशित गरीएको छ।

प्रकाशित मिति:May 29, 2023