गणतन्त्र दिवसको अवसरमा राष्ट्रियध्वजा सहितको टावरलाइट उद्घाटन 

  Sampatti News Online

May 29, 2023

रौतहट १५ जेठ। गणतन्त्र दिवसको अवसरमा रौतहटको सदरमुकाम गौर भन्सार छेउ भारतीय सिमाना नजिकै रहेको नेपाली झण्डा सहितको टावरलाईट उदघाटन गरीएको छ।  

सोमबार एक समारोहका बीच गौरकाे नगर प्रमुख शम्भु साह र सिडियाे धर्मेन्द्र कुमार मिश्रले संयुक्त रूपमा टावर लाइटको उदघाटन गरेका हुन्।

भारत बैरगनिया र गौर बीच निर्मित क्रान्तिदवारको अगाडी गौर नगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको उक्त टावर लाइट संगै  छिमेकी मुलुक भारतबाट आउने आगन्तुकहरुको लागि नेपाल मुलुक प्रवेश गरेको अनुभूति मिल्ने मेयर साहले बताएका छन । उक्त टावर लाईट उदघाटन सङ्गै गणतन्त्र प्राप्तिको लागि सहादत प्राप्त गरेका ज्ञात अज्ञात सहिद वीर योद्धाहरुको सम्झनामा अतिथिहरुले वृक्षरोपण समेत गरेका छन। उक्त अवसरमा मेयर साह, उपमेयर शैल देवी साह,सिडियाे मिश्र, रौतहट प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगर,विरदल गण पुरिनवा गौरका प्रमुख सेनानी गंगा बहादुर विष्ट लगाएतको उपस्थिती रहेको थियो।

प्रकाशित मिति:May 29, 2023