ठोरी–माडी सडक निकुञ्जबाहिर निर्माण गरिने

  Sampatti News Online

May 30, 2023

पर्सा । हुलाकी लोकमार्गको ठोरी मादी तथा वन्कटा जगतपुर सडक खण्डको निर्माण कार्य अवरुद्ध भएकोमा वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जबाहिरबाट रेखाकंन गरी निर्माण गर्न सहमति दिएको छ ।

वातावरणीय प्रभाव मूल्यांकन तथा प्राविधिक अध्ययन प्रतिवेदनले सिफारिस गरेपछि निकुञ्जभित्रको माडी–ठोरी सडकखण्डको सट्टा ठोरी–हनुमानझुला–कुसुमखोला हुँदै जगतपुरसम्म निर्माण गर्न सहमति प्रदान गरिएको हो । धुर्वघाट पुल समेत निकुञ्ज बाहिर बनाइने भएको छ । यसबाट लामोसमयदेखि अवरुद्ध हुलाकी सडक निर्माण पुनः सुचारु हुने भएको छ ।

हुलाकी सडक निकुञ्ज बाहिर निर्माण भएपछि निकुञ्जका वनस्पति र वन्यजन्तुलाई क्षति नपुग्ने तथा पर्यावरण संरक्षणमा सघाउ पुग्ने स्थानीयवासीले बताएका छन् ।

निकुञ्ज परिसरभित्र निर्माण गरिएको स्थानीय रिउ खोला पुल बगाई र राप्ती नदि पुल कसरा खोलामा निर्मित पुललाई निकुञ्ज संरक्षण तथा पर्यटन प्रयोजनका लागि मात्र प्रयोग गर्ने प्राविधिक सुझाव आएको छ । विगतमा वातावरणीय अध्ययन नगरी निर्माण सुरु गरिएको नारायणी पुलको ठेक्का १० वर्षपछि तोडिएको थियो ।

प्रकाशित मिति:May 30, 2023