मन्त्री घिमिरेलाई कोरोना पुष्टि

  Sampatti News

September 1, 2020

विराटनगर । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्री घिमिरेको सोमबार बिहान गरिएको स्वाब परीक्षणमा कोरोना पोजिटिभ आएको सामाजिक विकास मन्त्रालय स्रोतले जानकारी दिएको छ । सोमबार साँझ कोरोना पोजिटिभ पुष्टि भएका मन्त्री घिमिरे अहिले घरमा नै रहेका छन्। उनको परिवारको पनि स्वाब संकलनको तयारी भइरहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ।

प्रकाशित मिति:September 1, 2020