September 5, 2024
काठमाडौं । सघीय संसद्अन्तर्गत चारवटा संसदीय समितिको बैठक आज बस्दैछ ।
संघीय संसद् सचिवालयका अनुसार आज अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बेठक बस्न लागेको हो ।
अर्थ समितिको बैठकमा बैंकिङ कसुर तथा सजाय ९दोस्रो संशोधन० विधेयक, २०८० मा दफावार छलफल हुनेछ । यसका लागि बिहान ११ बजे बैठक बस्नेछ ।
त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्वन्धमा छलफल गर्ने कार्यसूची छ ।
विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ । बैठक दिउँसो १ बजे बस्नेछ ।
बिहान ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको पाँचौ वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।
प्रकाशित मिति:September 5, 2024
September 7, 2024