September 25, 2024
काठमाडौँ । नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको एसियाली विकास बैंक (एडीबी)ले जनाएको छ । बुधबार एसियन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्दै एडीबीले सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत पुग्ने अनुमान गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा सरकारले ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ ।
एडीबीले गत आर्थिक वर्ष २०८०–८१ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत भएको जनाएको छ । चालु आवमा नेपालको मूल्यवृद्धि दर ५.५ प्रतिशत रहने एडीबीको भनाइ छ । नेपाल राष्ट्र बैंकले भने मूल्यवृद्धि ५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेको छ ।
दक्षिण एसियाली भेगमा सन् २०२४ मा ६.३ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरिएको छ । सन् २०२५ मा यसै क्षेत्रमा ६.५ प्रतिशतको वृद्धिदर हुने अनुमान छ । सन् २०२३ मा ६.८ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त भएको थियो । यस भेगमा सबैभन्दा धेरै भारतको वृद्धिदर हुने देखिएको छ । भारतले ७ प्रतिशतको वृद्धिदर प्राप्त गर्ने एडीबीको अनुमान छ । बंगलादेश, भुटान र माल्दिभ्सले समेत यस वर्ष ५ प्रतिशत माथिको वृद्धिदर प्राप्त गर्नेछन् ।
प्रकाशित मिति:September 25, 2024
October 9, 2024