सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा पक्राउ परेका रास्वापा लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतको अनुमति

  Sampatti News

December 7, 2024

पोखरा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

कास्की अदालत न्यायाधीश हिमलाल बेलबासेको इजलासले चार दिन हिरासतमा राख्न अनुमति दिएको हो । म्याद थपका लागि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा प्रस्तुत गरिएको थियो ।

सरकारी वकिल कार्यालयले लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न पाउनुपर्ने माग गरे पनि अदालतले ४ दिनको मात्र अनुमति दिएको हो । जिल्ला अदालतले यसअघि दिएको म्याद शुक्रबार सकिएको थियो ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत रकम गैरकानुनीरूपमा गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेको आरोपमा लामिछानेमाथि अनुसन्धान भइरहेको छ ।

उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण ऐनअनुसार अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:December 7, 2024