January 16, 2025
काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बुधबार १.८३ अंकले बढेको नेप्से आज ७.३३ अंकले घटेर २५८८.६२ विन्दुमा अडिएको हो। सेन्सेटिभ इण्डेक्स ०.५४ प्रतिशतले घटेर ४३६.६२ विन्दुमा पुगेको छ।
नेप्से घटेपनि कारोबार रकम भने बुधबारको तुलनामा बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ५ अर्ब ८२ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २९६ स्टकको ७० हजार ६३४ पटकको कारोबारमा ५ अर्ब ९३ कराड ३७ लाख ११ हजार रुपैयाँबराबरको १ करोड १७ लाख ४९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बोटलर्स नेपाल (बालाजु) विन नेपाल लघुवित्त वित्तीय संस्था, मन्दाकिनी हाइड्रोपावर र अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन एनआईसी एशिया सेलेक्ट फण्ड ३० को इकाईमूल्य ९ प्रतिशत बढेको छ। कारोबारमा आएको पोखरा फाइनान्सको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ। त्यस्तै, यस दिन जानकी फाइनान्स र खानीखोला हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन सिन्धु विकास बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन २८ करोड ५७ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २१ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने सानिमा मिडल तमोर हाइड्रोपावरको करिब १४ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ।
प्रकाशित मिति:January 16, 2025
February 16, 2025
February 15, 2025
February 14, 2025