January 28, 2025
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले परिणाममुखी काम गर्न नसकेको टिप्पणी गरेका छन्।
मंगलबार समाजवादी मोर्चा नेपालले काठमाडौंमा आयोजना गरेको विचार सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले वर्तमान सरकारले जनतामा कुनै आशा जगाउन नसकेको बताए।
सरकारको कामबाट जनता निराश छन् । सरकार गफमा अगाडि छ, परिणाममा पछाडि छ,’ उनले समाजवादी मोर्चाको विचारसभामा भने, ‘०८४ को चुनावमा जनताले विकल्प खोजेका छन् । सरकारले जनताको विश्वास जगाउन सकेको छैन ? विवेचना गर्न आवश्यक छ ।’
उनले जनता समाजवादी पार्टी विभाजन गराउन प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिका भएकाले उपेन्द्र यादव मोर्चामा आउन नसकेको बताए । उनले समाजवादी मोर्चालाई सशक्त रुपमा अघि बढाउनु पर्ने बताए ।
‘मोर्चालाई सक्रिय बनाउन इन्जेक्शन लगाउनु पर्यो । जसरी अघि बढाउनुपर्ने थियो, सकेनौ,’ उनले भने, ‘मोर्चाले देश र विदेशसम्म तरंग पैदा गर्न सक्छौँ । मोर्चा कतिपय पार्टी चाहेर पनि आउन सकेका छैनन् । प्रतिपक्षहरूलाई पनि समेट्नुपर्छ ।’
प्रकाशित मिति:January 28, 2025
February 16, 2025
February 15, 2025
February 14, 2025