January 29, 2025
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ९४ दशमलव २१ प्रतिशत वृद्धि भएको छ।
चालु आर्थिक वर्षको पुसमसान्तसम्ममा लघुवित्तले ८ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९४.२१ रुपैयाँले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
सञ्चालन आम्दानी सहित ब्याज आम्दानीमा वृद्धि लघुवित्तको नाफामा बढोत्तरी भएको हो । समीक्षा अवधिसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ८० करोड १ लाख रुपैयाँ छ । यो २०.०२ प्रतिशतले बढेको हो ।
साथै पुस मसान्तसम्ममा लघुवित्तको सञ्चालन मुनाफा ११ करोड ५२ लाख रुपैयाँ । यो गतवर्षको सोही अवधिको तुलनामा ९४.०७ प्रतिशतले बढी हो । यसअवधिमा लघुवित्तको वितरणयोग्य मुनाफा १० करोड १७ लाख रुपैयाँ छ ।
चुक्ता पूँजी एक अर्ब ६५ करोड ६६ लाख रहेको लघुवित्तको जगेडा कोषमा एक अर्ब ७२ करोड ६८ लाख रुपैयाँ सञ्चित रहेको छ । समीक्षा अवधिसम्ममा १४ अर्ब ८९ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले अन्य बैंक तथा वित्तीय संस्थासँग ऋण लिएर १९ अर्ब ४८ करोड ६२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।
यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ७७ पैसा छ भने प्रतिशेयर नेटवर्थ २१० रुपैयाँ ४३ पैसा कायम छ । खराब कर्जा अनुपात ८.२८ प्रतिशत छ ।
प्रकाशित मिति:January 29, 2025
February 16, 2025
February 15, 2025
February 14, 2025