February 3, 2025
मेषः– प्रयत्न अनुसारको फल मिल्नेछ । अधुरा रहेका काम सम्पन्न हुने छन् । बादविबादमा विजय प्राप्त हुनेछ । काम देखेर विरोधी प्रभावित हुने छन् । सामाजिक क्षेत्रमा लगाव बढ्नेछ । नोकरी तथा राजनीतिमा भूमिकाको खोजी हुनेछ ।
वृषः– फलदयी यात्राको सम्भावना देखिन्छ । मानसिक तनावमा कमी आउनेछ । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । कारोवारमा ध्यान दिनु होला । पारिवारिक सुखमा वृद्धि हुनेछ । सहयोग मिल्नेछ ।
मिथुनः– उपलब्धिको लागि प्रतिक्षा गर्नु पर्ला । प्रतिकुल परिस्थितिको सामना गर्नु पर्ला । घरयासी समस्या बढ्ने छन् । मानसिक चिन्ता बढ्नेछ । लगानीको दुरुपयोग हुन सक्छ । व्यापार घट्नेछ । धोका खाईनेछ ।
कर्कटः– एक्लौटी उद्योग,धन्दा बन्द व्यापारमा प्रगति हुनेछ । काम गरेर दाम कमाईने छ । पढाईमा भने कमै ध्यान जानेछ । विदेश यात्राको योग देखिन्छ । कुरामा विश्वास गरेर काम नगर्नु होला धोका हुनसक्छ ।
सिंहः– आफ्नो काममा आफै लागि पर्नु होला । सामान्य प्रयासबाट काम बन्ने छैनन । मुद्धा,मामिलामा विजय हात लाग्नेछ । काम गर्दा गोपनियता अप्नाउनु होला । चण्डालहरुको सक्रियता बढ्नेछ ।
कन्याः– समयमा निर्णय लिन नसक्दा उपलब्धिका गुमाउनु पर्नेछ । भावनामा बगेर कुनै काम नगर्नु होला । समस्याबाट छुटकारा पाईने छैन । पढाई लेखाईमा अवरोध आउन सक्छ । मनमा शान्ति मिल्ने छैन ।
तुलाः– सहयोगी भनेका नै दुश्मन भएर निस्कन सक्छन् । घरयासी बातावरण खलबलिन सक्छ । सम्पतिको विषयमा विवाद पर्न सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ । नयाँ काममा हात नहाल्नु होला ।
वृश्चिकः– ग्रह,गोचर सामान्यतया अनुकुल नै देखिन्छ । आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । गरेका अधिकाँश काम सफल हुनेछन् । धार्मिक विश्वास बढ्नेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ ।
धनुः– धन दिएर कोहि आफ्नो हुने छैन उल्टो शत्रुको रुप धारण गर्ने छन् । आफन्त बनेर धोेका दिन सक्छन् । प्रयत्न पूर्वक गरेका काम सफल हुनेछन् । घर परिवारको चिन्ताले छोड्ने छैन । चिन्ताले छोड्ने छैन ।
मकरः– साझेदारी काम गर्दा विचार पु¥याउनु होला । व्यापार व्यवसायबाट सोचे जस्तो आम्दानी हुने छैन । सवैलाई आफ्नो ठानेर व्यवहार नगर्नु होला । जीवन साथीको सहयोग लिएर काम गर्नु होला ।
कुम्भः–काम गरेर कमाउनुको सट्टा गुमाउने अवस्था आउन सक्छ । चोटपटक आदिको भय भएको हुदा जोखिम मोलेर काम नगर्नु होला । अनावस्यक घुमाई फिराई हुनेछ । लेनदेन कारोवारमा विवाद पर्नेछ ।
मिनः–नसोचेका ठाँउबाट धन हात लाग्न सक्छ । पठन पाठनमा सुधार आउनेछ । महत्वकाँक्ष बढ्नेछ । सहयोगी मित्र भेटिने छन् । भूमि, यान्त्रिक तथा चिकित्सा औषधी जस्ता व्यापार व्यवसायबाट लाभान्वित हुनुहुनेछ ।
प्रकाशित मिति:February 3, 2025
February 16, 2025
February 15, 2025
February 14, 2025