लुम्बिनी प्रदेश सभा बैठक आज पनि बस्दै

  Sampatti News Online

February 5, 2025

काठमाडौँ। लुम्बिनी प्रदेश सभाको बैठक आज पनि बस्दैछ ।  बैठक दिउँसो एक बजे बस्नेछ । 

प्रदेश सभा सचिवालयले प्रकाशन गरेको सम्भावित कार्यसूची अनुसार बैठकलाई विपक्षी दलका नेता जोखबहादुर महराले बिशेष सम्वोधन गर्दैछन् ।

यस्तै बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले शासकीय सुधार र सुशासन सम्बन्धमा भए गरेका उल्लेखनीय प्रगति सम्बन्धी वार्षिक प्रतिवेदन, २०७९–०८० सभामा पेश गर्ने कार्यसूची तय भएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

प्रकाशित मिति:February 5, 2025