February 14, 2025
काठमाडौं । शुक्रवार नेपाली बजारमा सुनको भाउ बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ ४०० रुपैयाँले बढेको हो ।
हिजो १ लाख ६९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको भाउ ५ रुपैयाँले बढेको छ । बिहीबार तोलामा १ हजार ९६५ रुपैयाँ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार तोलामा १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति:February 14, 2025