७ फाल्गुन २०८१, बुधबार, यस्तो छ तपाईँको राशिफल

  Sampatti News Online

February 19, 2025

मेष व्यापार र लगानीका नयाँ अवसर आउनेछन् । व्यावसायिक यात्रा फाइदाजनक हुनेछ तर घरपरिवारका लागि विलासी खर्च बढ्नेछ ।

वृष कृषि, जग्गा-जमिन वा निर्माण क्षेत्रमा लगानी गर्नु फाइदाजनक देखिन्छ । पारिवारिक किनमेल साथै घर सजावट वा न वीकरणमा खर्च बढ्नेछ ।

मिथुन सेयर बजार वा पार्टनरसिप व्यवसायबाट फाइदा हुनेछ । परिवारसँग यात्रा गर्ने योजना बन्नेछ, जसमा खर्च बढ्नेछ ।

कर्कट घरजग्गा वा दीर्घकालीन योजनामा लगानी गर्नु उपयुक्त समय हो । घरायसी आवश्यकतामा खर्च बढ्नेछ । तर, आम्दानीले खर्चको सन्तुलन मिलाउनेछ ।

सिंह आयस्रोत बढाउने अवसर मिल्नेछ । सिर्जनशील कार्यमा संलग्न व्यक्तिहरूको कमाइ हुनेछ । घरपरिवारमा ठूला खर्च गर्नुपर्दा मानसिक तनाव बढ्न सक्छ ।

कन्या लेनदेन गर्दा सतर्क रहनुहोस् । नयाँ व्यवसाय वा पार्टनरशिपका लागि समय राम्रो छ । कानुनी मामला भने सचेत रहनुस । पारिवारिक भोजभतेरमा खर्च हुनेछ ।

तुला लगानी तथा व्यावसायिक सन्दर्भमा आज राम्रो समय हो । नयाँ आयस्रोत खोज्ने अवसर पनि मिल्नेछ । तर घरपरिवारका लागि स्वास्थ्यसम्बन्धि खर्च बढ्ने संकेत छ ।

वृश्चिक आर्थिक लेनदेनमा सावधानी अपनाउनुहोस् । रोजगारी वा व्यापारमा सुधार आउनेछ । जीवनसाथीबाट आर्थिक सहयोग पाउनु हुनेछ ।

धनु वैदेशिक व्यापार, पर्यटन वा अनलाइन कारोबारबाट राम्रो फाइदा हुनेछ । घरपरिवारमा शुभकार्यको तयारीले खर्च बढ्नेछ । सन्तानबाट रेमिट्यान्सको आश नगर्दा राम्रो हुनेछ ।

मकर बचत तथा लगानीका लागि राम्रो रणनीति बनाउनुहोस् । सेयर वा जग्गा कारोबार लाभदायक देखिन्छ । सन्तानबाट हुने फजुल खर्चले भने समस्या ल्याउन सक्छ ।

कुम्भ आर्थिक पक्ष मजबुत बन्नेछ । विशेष गरी प्रविधि र नवप्रवर्तन क्षेत्रमा संलग्न व्यक्तिहरूलाई लाभ हुनेछ । घरपरिवारका आधारभुत आवश्यकतामा खर्च हुनेछ ।

मीन आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन् । रियल स्टेट वा दीर्घकालीन योजनामा लगानी गर्न सकिन्छ । पारिवारिक खर्च सन्तुलनमा राख्न आवश्यक छ ।

प्रकाशित मिति:February 19, 2025