पुटिनद्वारा युक्रेनमा युद्धविरामको घोषणा, विभिन्न देशले स्वागत

  Sampatti News Online

April 20, 2025

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जारी युक्रेन द्वन्द्वको लागि इस्टर युद्धविरामको घोषणा गरेका छन् । शनिवार जारी युक्रेन द्वन्द्वको लागि इस्टर युद्धविरामको घोषणा गरेका हुन ।

रुसी राष्ट्रपति कार्यालय क्रेमलिनको टेलिग्राम च्यानलमार्फत जारी गरिएको वक्तव्यमा पुटिनले युक्रेनी पक्षले पनि सोहीअनुसार कदम चाल्ने अपेक्षा गरेका छन् ।

यदि युक्रेनले युद्धविराम उल्लंघन वा कुनै प्रकारको उकास्ने कार्य गर्‍यो भने रुसले जवाफी कारबाही गर्ने पुटिनले चेतावनीसमेत दिएका छन् ।

अनलाइनमा शेयर गरिएको भिडियोमा पुटिनले भनेका छन्, ‘उक्साउने स्थिति या युद्धविरामको उल्लंघन हुन्छ भने रुसी सैनिक जवाफी कारबाहीका लागि तयार छ ।’

रुसी रक्षा मन्त्रालयले एक बयान जारी गर्दै सैन्य अभियान रोक्ने बताइएको छ । विश्व युद्धविराम निर्णयबारे युक्रेनी पक्षको प्रतिक्रिया भने आइसकेको छैन ।

प्रकाशित मिति:April 20, 2025