June 4, 2025
काठमाडौँ । अब घरजग्गाको कारोबार गर्दा किन्ने र बेच्ने दुवै पक्षले बैंक स्टेटमेन्ट अनिवार्य पेस गर्नुपर्ने भएको छ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले सबै भूमि सुधार तथा मालपोत कार्यालयहरूलाई पत्राचार गर्दै यस्तो व्यवस्था गर्न निर्देशन दिएको हो।
खासगरी जग्गा किन्ने र बेच्ने दुवै जनाको बैंक स्टेटमेन्टसहित केवाइसी फारम भरी पेश गरेपछि मात्र लिखत पास हुने व्यवस्था लागू हुने भएको छ ।
१० लाख रुपैयाँभन्दा माथिको कारोबार अनिवार्य रूपमा बैंकिङ वा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने भएको छ। भूमि व्यवस्था मन्त्रालय अन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभागले सूचना जारी गरेको निर्देशनअनुसार यस्तो व्यवस्था गरिएको हो ।
विभागले २०८२ जेठ १३ मा जारी गरेको सुचनाअनुसार, एक व्यक्तिले दिनमा तिन करोडभन्दा बढी कारोबार गरेमा राष्ट्रबैंक लाइ जानकारी दिनुपर्ने व्यवस्था पनि गरिएको छ ।
त्यसैगरी, १० लाख रुपैयाँभन्दा बढीको कारोबारमा लाग्ने रजिष्ट्रेशन दस्तुर खरिदकर्ताको खाताबाट र लाभकर विक्रेताको खाताबाट तोकिएको राजस्व खातामा सिधै बैंकिङ प्रणालीमार्फत जम्मा गर्नुपर्ने प्रावधान गरिएको छ।
प्रकाशित मिति:June 4, 2025