सुनको भाउमा सामान्य गिरावट, तोलाको कति ?

  Sampatti News Online

June 10, 2025

काठमाडौं । सुनको भाउमा सामान्य गिरावट आएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले घटेर १ लाख ९० हजार रुपैयाँ कायम भएको छ ।

यसअघि सोमबार छापावाल सुन १ लाख ९० हजार ६०० रुपैयाँ थियो । 

यता, आज चाँदीको भाउ भने बढेर हालसम्मकै उच्च मूल्य कायम भएको भएको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँ बढेर हालसम्मकै उच्च मूल्य २१ सय ६५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला २१ सय ५० रुपैयाँ रहेको थियो । 

प्रकाशित मिति:June 10, 2025