दुर्गा प्रसाईँसहित सात जनालाई पठाइयो डिल्लीबजार कारागार 

  Sampatti News Online

June 13, 2025

काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईँसहितका ७ जना प्रतिवादीलाई डिल्लीबजार कारागार पठाइएको छ । गत १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि उनीहरू पक्राउ परेका थिए । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले ज्यान मुद्दामा अभियोजन गरिएका ७ जनालाई गएराति थुनामा पठाउन आदेश गरेका थिए ।

पुर्पक्षको लागि थुनामा पठाउन आदेश भएका प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले जानकारी दिए । अदालतको आदेशअनुसार, प्रसाईं, सरोज गौतम, गोकर्ण शाही, डण्डपाणी रेग्मी, सुशील बराल, केशव बस्नेत र जित बहादुर श्रेष्ठलाई कारागार चलान गरिएको छ ।

पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएकाहरुमा घर आगजनी र समाचार सङ्कलन गर्न गएका पत्रकार सुरेश रजकको हत्यामा संलग्नमा आरोपी थिए । पूर्वराजाको समर्थनमा २०८१ चैत १५ गते प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति:June 13, 2025