October 5, 2025
काठमाडौं । हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायुको) प्रभाव रहँदा देशभर साधारणतया वर्षा हुनेछ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेस प्रदेशका अधिकांश स्थाहरुमा पूर्ण बदली रही बागमती, लुम्बिनी प्रदेशमा साधारणतया बदली र बाँकी भू–भागहरुमा आंशिक बदली रहने छ ।
महाशाखाले जारी गरेको आजको मौसम बुलेटिनका अनुसार कोशी र मधेस प्रदेशका अधिकांश स्थानमा पूर्ण बदली रही बागमती र लुम्बिनी प्रदेशमा सामान्यतया बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
कोशी र मधेस प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
साँझ र राति पनि देशका पहाडी भू–भागमा साधारणतया बदली रहने र कोशी, मधेस तथा बागमती प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। महाशाखाले नदी–नालाको सतह बढ्न सक्ने भएकाले तटीय र पहाडी क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
प्रकाशित मिति:October 5, 2025
November 12, 2025