सुनको मूल्यमा भारि वृद्धि , आज कतिमा हुँदैछ कारोबार?

  Sampatti News Online

October 5, 2025

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा एकैपटक ७ हजार ४०० रुपैयाँले बढेर २ लाख ३० हजार ६०० रुपैयामा कारोबार भईरहेको छ । गत असोज १२ गते छापावाला सुन प्रतितोला २ लाख २३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी यसदिन चाँदीको मूल्यले पनि नयाँ उचाई बनाएको हो । आजको बजारमा चाँदी तोलामा १२० रुपैयाँ बढेर २ हजार ९३० रुपैयाँमा कारोबार भईरहेको छ । गत असोज १२ गते चाँदी २ हजार ८१० रुपैयामा खरिदबिक्री भएको थियो ।

प्रकाशित मिति:October 5, 2025