October 13, 2025
काठमाडाैं । साताको दोस्रो दिन शेयर बजारमा दोहोरो अंकको हरियाली छाएको छ । अघिल्लो दिन आइतबार उच्च अंकले घटेको बजार यो दिन ४४.२५ अंकले बढेर २ हजार ५४७.६० विन्दुमा आइपुगेको छ । लगानीकर्ता प्यानिक भएपछि अर्थमन्त्रालयले पुँजी बजारमा देखिएका समस्या समाधानका लागि कार्यदलले दिएको अध्ययन प्रतिवेदन कार्यान्वयनमा ल्याउने जनाएका छन् ।
आज ३३० कम्पनीको ९९ लाख चार हजार ८७४ कित्ता शेयर ४८ हजार ८३६ पटक खरिदबिक्री हुँदा चार अर्ब ९७ करोड ५४ लाख आठ हजार ५४५ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेपाल माइक्रो इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन इमर्जिङ्ग नेपाल र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ। कारोबारमा आएको कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ५.२६ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३१ करोड ९१ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको करिब साढे २६ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने १० प्रतिशत केबिएल डिबेञ्चर २०९० को कारोबार रकम २४ करोड रुपैयाँ नाघेको छ।
प्रकाशित मिति:October 13, 2025
November 12, 2025