घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

  Sampatti News Online

November 4, 2025

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । कात्तिक १८ गते मंगलबार सुन प्रतितोला एक हजार ४०० रुपैयाँले र चाँदी तोलामा ४५ रुपैयाँले घटेको हो । 

सुन तोलामा एक हजार चार सय रुपैयाँले घटेर दुई लाख ३८ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको मूल्य दुई लाख ३९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै चाँदी ४५ रुपैयाँले घटेर तोलामा तीन हजार १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी तीन हजार ६० रुपैयाँ कारोबार भएको थियो ।

प्रकाशित मिति:November 4, 2025