डा. निकोलस भुसाल गोरखाबाट पक्राउ

  Sampatti News Online

November 4, 2025

काठमाडौँ । डा. निकोलस भुसाल पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गोरखाबाट पक्राउ गरेको हो । उनी गोरखा नगरपालिका-८ सरस्वती आश्रमबाट मंगलबार पक्राउ परेका हुन् ।

भुसालले कार्तिक १६ मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक र काठमाडौँको तत्कालीन प्रजिअ छवि रिजालको घर घेर्ने भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।

सामाजिक सञ्जालमा त्यस्तो अभिव्यक्ति दिएपछि तरुण दलका एक जना कार्यकर्ताले भुसालको समूहलाई प्रतिकारको चेतावनी दिएका थिए । मुठभेट हुन नदिनको लागी भुसाललाई नियन्त्रणमा लिइएको प्रहरी अधिकृतहरू बताउँछन् ।

यसअघि २३ असोजमा माइतीघरमा प्रदर्शन गर्न खोज्दा प्रहरीले उनलाई पक्राउ गरेको थियो । स्वास्थ्य जाँच गर्दा गाँजा सेवन गरेको रिपोर्ट आएपछि उनलाई सुधार केन्द्रमा लैजाने सर्तमा उनका दाजुले जिम्मा लिएका थिए ।

त्यसपछि पनि उनको विवादित अभिव्यक्ति रोकिएको छैन । जेनजी प्रदर्शनमा ओली, लेखक र प्रजिअले सर्वसाधारणको ‘हत्या’ गरेको अभिव्यक्ति दिँदै भुसालले उनीहरूको घर घेरेर कारबाही गर्ने अभिव्यक्ति दिएका हुन् ।

प्रकाशित मिति:November 4, 2025