November 4, 2025
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।
एक न्यायाधीशको इजलासमा सुनुवाइ हुँदा न्यायाधीश निरौलाले अन्तरिम आदेश दिन अस्वीकार गर्दै दुवै पक्षलाई छलफलमा बोलाई निर्णय गर्नु उपर्युक्त हुने भन्दै कात्तिक २१ गते अन्तरिम आदेश प्रयोजनका लागि पेसी तोकिदिएका छन् ।
मन्त्रिपरिषद् बैठकले उनलाई नेपाल विद्युत् प्राधिकरणबाट हटाउँदै जल तथा ऊर्जा आयोगको सचिवालयमा विशेष पद सिर्जना गर्दै सरुवा गरेको थियो । शाक्यले आफ्नो पद प्राधिकरणमै कायम हुनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
शाक्यले यसअघि पनि कुलमान घिसिङविरुद्ध रिट दायर गरेका थिए ।

प्रकाशित मिति:November 4, 2025
November 12, 2025