November 4, 2025
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास निर्देशनालय नक्टाझिज, धनुषाका कार्यालय प्रमुख रत्नकुमार झासहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मंगलवार अख्तियारले कृषि विकास निर्देशनालय नक्टाझिज, धनुषाका कार्यालय प्रमुख रत्न कुमार झा, वडा नं. २ का वडा अध्यक्ष जगदिश मंडलसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । झासहित कृषि अर्थ विज्ञ तथा योजना प्रमुख विकासकुमार साह, लेखा अधिकृत चक्रप्रसाद अधिकारी, महादेवा गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष जगदीश मण्डल, उपभोक्ता समितिका अध्यक्ष हरिनारायण यादव, सचिव गंगाराम यादव, कोषाध्यक्ष सावित्रीदेवी यादव र कन्सलटेन्टसहित त्यसका प्रोप्राइटर हरिशकुमार सिंहविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
उनीहरूसहित एक कन्सल्टेन्ट प्रा.लि. उपर पनि गैर कानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको कसुरमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
प्रकाशित मिति:November 4, 2025
November 12, 2025