November 4, 2025
काठमाडौं । सेयर बजार फेरि २६ सयभन्दा तल झरेको छ । मंगलबार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २७.६४ अंक घटेसँगै २५९५ मा कायम भएको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.९३ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स १.९१ अङ्क र सन्सेटिभ फ्लोट इण्डेक्स १.३० अङ्क घटेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । सोमबार ६ अर्ब ५ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा ३२२ स्टकको ४६ हजार ८७५ पटकको कारोबारमा ५ अर्ब १५ करोड ७ लाख ६८ हजार रुपैयाँबराबरको १ करोड ३ लाख ४३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
आजदेखि कारोबारमा आएको माबिलुङ्ग इनर्जी लिमिटेडको शेयर यस दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ३१ रुपैयाँ ७० पैसा बढेर ३४९ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य करिब साढे ६ प्रतिशत बढेको छ। कारोबारमा आएको मुक्तिनाथ कृषि कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २७ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन राधी विद्युत कम्पनीको करिब साढे २२ करोड रुपैयाँबराबरको शेयर किनबेच भएको छ भने यूनियन हाइड्रोपावरको कारोबार रकम साढे १८ करोड रुपैयाँ नाघेको छ।
प्रकाशित मिति:November 4, 2025
November 12, 2025