गुगल फोटोको अनमिटेड स्टोरेज सेवा गुगलले हटाउँदै

  Sampatti News

November 12, 2020

काठमाडौँ । गुगलले पछिल्लो समय अनलिमिडेड फोटो स्टोरेज उपलब्ध गराउँदै आएकोमा अब भने बन्द गर्ने भएको छ । आगामी वर्षबाट लागु हुने गरी कम्पनीले नयाँ नीतिगत परिवर्तनको तयारी थालेको हो ।

उक्त नीतिगत परिवर्तन अनुसार सन् २०२१ जुन महिनादेखी गुगल फोटाजलाई समेत गुगल अकाउण्टमा उपलब्ध हुने १५ जीबीमै समावेश गर्ने तयारी गरेको जनाएको छ । हाल गुगल फोटोमा प्रयोगकर्ताले १६ एमबीभन्दा कम र एचडी क्वालिटीको भिडियोको लागि अनलिमिटेड स्टोरेज प्राप्त गर्दै आएका थिए ।

साथै प्रयोगकर्ताको जानकारीमा गुगलले ठुला फोटो तथा भिडियोलाई समेत कम्प्रेस गरेर फ्री स्टोरेजमा फोटो संकलन गर्दै आएको थियो । अब भने उक्त सुविधा बन्द हुनेछ ।

गुगलका अनुसार जुन १ तारिख पछाडि अपलोड भएको फोटो तथा भिडियोमा यो क्यापिङ लागु हुनेछ । तर, हाल अपलोड गरिएका फोटो तथा भिडियोमा भने नयाँ नियमले कुनै असर नपार्ने उल्लेख गरिएको छ ।

गुगल पिक्सेलका प्रयोगकर्ताको हकमा भने यो क्याप लागु हुने छैन । गुगलको नयाँ क्याप अनुसार अब गुगल ड्राइभ, जिमेल, फोटो सबै १५ जीबी भित्र समावेश हुनेछन् ।

प्रकाशित मिति:November 12, 2020