ताप दास र कबिताको स्वरमा ज्ञानीमाया र हेरुकाको गोधुली सार्वजनिक (भिडियो सहित)

  Sampatti News

December 11, 2020

काठमाडौं । गायक प्रताप दास र गायिका कबिता श्रेष्ठको स्वरमा नयाँ गीत गोधुली सार्वजनिक भएको छ । नव प्रतिभा ज्ञानीमाया तामाङ र हेरुका लामाको अभिनय रहेको गीत शुक्रवार ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
गीतमा ज्ञानीमाया र हेरुकाको रोमान्सलाई प्रस्तुत गरिएको छ । प्राकृतिक सौन्दर्य सहितको लोकेशनमा खिचिएको गीतमा नव प्रतिभा ज्ञानीमाया र हेरुका लाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ ।
राजेश कुमार श्रेष्ठको शब्द संगीतमा तयार भएको भिडियो गीतलाई भुईसल लामाले निर्माण गरेका हुन् । गीतमा दिनेश पाख्रिनको निर्देशन रहेको छ । अमूल कार्कीको एरेञ्ज रहेको गीतमा तारा थापाको सम्पादन र रामेश्वर हुमागाईको छायाँकन रहेको छ ।

प्रकाशित मिति:December 11, 2020