अब एटिएमबाट पैसा निकाल्न एटीएमकार्ड नचाहिने, लक्ष्मी बैंकले लियो यस्तो प्रविधि

  Sampatti News

December 22, 2020

काठमाडौं । लक्ष्मी बैंकको एटीएमबाट कार्डबिनै रकम झिक्न मिल्ने भएको छ । डिजिटल बैंकिङ प्रविधि विस्तार गर्ने अभियानको क्रममा एटीएम कार्डको विकल्पका रुपमा नयाँ प्रविधि भित्र्याएको हो ।

अब बैंकका ग्राहकले बैंकका एटीएमबाट पैसा झिक्न कार्ड नचाहिने भएको हो । बैंकले वालेटलाई पूर्ण डिजिटल बनाउने तयारी गरिरहेको दाबी गरेको छ ।

कार्डबिनै एटीएमबाट पैसा झिक्न मिल्ने व्यवस्था नेपालमा लक्ष्मी बैंकले पहिलो पटक गरेको हो । बैंकले ‘मोबाईल मनि’ नामको एपबाट कार्डबिनै पैसा झिक्न सकिने छ ।

प्रकाशित मिति:December 22, 2020