यसरी भए विप्लव सार्वजनीक, के–भए सहमति ?

  Sampatti News

March 5, 2021

काठमाडौँ । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज राष्ट्रिय सभागृह, काठमाडौँमा आयोजना गरिएको ‘नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर कार्यक्रमा सार्वजनिक भएका छन् ।
सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच ३ बुँदे सहमतिमा हस्ताक्षर भएपछि उनले आफ्नो अभिव्यत्ति दिएका हुन । यस समारोहमा सरकारका तर्फबाट वार्ता टोली संयोजक रामबहादुर थापा र विप्लव समूहको तर्फबाट प्रवक्ता तथा वार्ता टोली संयोजक खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर पछि विक्रमले उक्त कार्यक्रलाई सम्बोधन गरेका छन् । लगभग आधा घण्टाको समय दिएर कार्यक्रम सम्बोधन गरेका विप्लवले आजको दिनलाई ऐतिहाँसिक रहेको भन्दै सम्बोधन सुरु गरेका थिए । आजैका दिन आन्दोलनको समयमा ५ सहिदहरुले देशका लागि बलिदान दिएको बताउँदै उनी कता कता भावुक समेत बनेका हुन् ।

उनले भने ‘नेपाली राजनितिको यो एउटा ऐतिहाँसिक दिन हो । यसलाई सफल पार्न हामीले ३ वुदे सहमतिलाई सफल पार्नु पर्छ र पाछौँ ।’ यसमा कसैले पनि गिद्धे नजर, कुदृष्टि तथा शंकको भावले मूल्यााङकन नगर्न समेत आग्रह गरेका छन् । समारोह सम्बोधन गर्दै उनले यो सहमतिमा बार्ता टोली तथा सम्पूणलाई बधाई तथा धन्यबाद समेत व्यक्त गरेका छन् ।

साथै नेत्रविक्रमले यो समहमति केवल नेपाल सरकार, नेकपा, कुनै नेता तथा व्यक्ति विशेष नभई देश बनाउनको लागि भएको बताएका छन् । उनले यो सहमतिभित्र नेपाललाई आत्मानिर्भर र सुन्दर बनाउने आकांक्षा लुकेको बताएका हुन् । उनले भने ‘यहाँ समृद्ध नपालको आकांक्षा लुकेको छ । यसका लागि सरकालाई धन्यवाद !’

एउटा अध्यारो समय र परिवेशमा उज्यालो सपना देखेर अग्रजहरुले आजै को दिन देश र जनतालाई आफ्नो बलिदान दिएका थिए । यसर्थमा आजैको दिन हाम्रो सहमति हुनु एक ऐतिकहाँकि महत्वपूर्ण समय पनि हो । त्यसैले यो दिन अझ महत्वपूर्ण बन्न पुगेको छ ।

धेरै सहिदका आमाले भनेका छन् धेरै सहिदका परिवारका सपना अधुरा रहेको बताउँदै ‘विगत सम्झेर यो सम्झौतामा हस्ताक्षेर गर्नुहाला ’ समेत भन्न भ्याए । हामी कम्युनिष्ट आन्दोलामा होमिएऔँ तर जुन उद्देश्य लिएर हामी आन्दोलको मैदानमा आएका थियौँ यतिका समय वित्दा पनि उद्देश्य पुरा गर्न सकेनौँ । ‘आजको दिनमा हामीले ओन्दोलबाट प्रभावितलाई सम्झने छौँ ।’

समाजमा ४ थरिका मान्छे छन्, शोषक उत्पीडन जो बोल्न सक्दैनन, श्रमिक जो बोल्दैनन्, कतिपय हल्का बोल्ने तर माथि उठ्न सक्दैनन् र हामी कम्युनिष्ट जो जहाँ देश र कम्युनिष्ट मान्यतामा प्रहार हुदा सधै विद्रोह गछौँ । कम्युनिष्ट देश र आफ्नो मान्यतालाई कसैले गिद्धे नजर लगाएको हेर्न नसक्ने पार्टी रहेको उनको अभिव्क्ति रहेको छ । उनले थपे ‘धेरैलाई लाग्न सक्छ कम्युनिष्ट सधै विद्रोह नै गर्छ तर त्यो होईन कम्युनिष्ट भनेको शान्तिका दूत पनि हुन् । कम्युनिष्ट त्यो समयसम्म मात्र विद्रोह गर्छ जबसम्म जनताले जित्दैन । जनताले जित्नु भनेको कम्युनिष्टको जित हो जब कम्युनिष्टले जित्छ तब विश्वमै युद्धको हतियार हराउने छ ।

हामीले विगतमा धेरै विद्रोह गरिसकेका छौँ तर पनि सोचेअनुसार र उद्देश्य अनुसार जनतामुखि शासन आउन अझै सकेको छैन । विप्लवले भने देशको निर्णयको अधिकार जनतालाई दिनुपर्छ। जुन अझै पाएका छैनन । पुनः एकपटक देशका सबै निर्णयहरुको अधिकार जनतालाई दिनुपर्ने वातावरण सिर्जना गर्न जरुरी छ । ‘उनले राज्य पक्ष र आफ्नो पक्षबीच भएको सहमति हस्ताक्षरपश्चात बोल्दै देशका अधिकांश समस्याहरुबाट मुक्ति पाउन जनताले एकपटक निर्णयको अधिकार पाउनुपर्ने बताए।

उनले आज भएको यस सहमतिमा कत्ति पनि शंका नगर्न समेत आग्रह गरेका हुन् । ‘तीब बुदेमा नेपाल कम्युनिष्ट पार्टी प्रतिवद्ध छौँ यहाँ आशंका नगर्नुहोस्, कुर्तक गर्न जरुरी छैन ।’

नेपाली समाज रुपान्तरको प्रकृयामा अगाडी बढेकै हो तर उद्देश्य अनुरुप भने हैन अब यसलाई पनि आफुहरु पूर्णता दिने आफुहरुको तयारी रहेको बताए । उनले आफुहरु र र सरकारलाई धेरैले जुन र घाम जस्तो सोच्न थालेको समेत बताए । उनले भने ‘विप्लव र सरकार घाम र जुन जस्तो भएको महशुस भएको थियो होला तर त्यो होईन हामी भेट भयौ, सहमति भयो ।’

हामीहरु अझैपनि झुक्दैनौ तर समृद्धिको बोटोका काँडाहरु पंक्षाएर हिड्ने छौँ । नेपाली समाजको परिर्वतन हुँदै आएको छ तर अझै पूर्ण भएको छैन । आज पनि किसान, महिला उत्पीडित कोही पनि सन्तिुष्टि हुन सकेका छैनन् । ‘संविधान बनाउने देखि दिएर धेरै विषयमा हामीहरुले चित्ति नबुझेको र जनताको पक्षमा नभएका विषयलाई दृढताका साथ विरोध गरेका छौँ ।’ ‘हाम्रो अहिले पनि माग छ आज नेपालमा अझै कसैले सुरक्षित महसुर गर्न सकेका छैनन्, लोकतन्त्रको अनुभूति भएको छैन, नेपालका जनता जहाँ छन् त्यहाँ नेपालीले अझै सन्तिुष्टि प्राप्त गरेको छैन ।’

सहमतिका बुदाहरुः
पहिलोः दुबै पक्ष नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता र सम्वादबाट समाधान गर्न सहमत भएका छौं ।

दोस्रोः नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमत भएको छ ।

तेस्रोः नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाई गर्न र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ ।

प्रकाशित मिति:March 5, 2021