नवनियुक्त महान्यायाधिवक्ताले गरे शपथ ग्रहण

  Sampatti News

March 21, 2021

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नवनियुक्त महान्यायाधिवक्ता रमेश बडाललाई पद तथा गोपनीयताको शपथ गराएका छन् । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश जबराले महान्यायाधिवक्ता बडाललाई पद तथा गोपनीयताको शपथ गर्राइएको हो ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना तथा सरकारी उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले यही चैत ६ गते बडाललाई नियुक्त गरेकी थिईन् । तत्कालीन महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा दिएपछि महान्यायाधिवक्तामा बडाललाई नियुक्त गरिएको हो । सरकारको प्रमुख कानूनी सल्लाहकारका रुपमा महान्यायाधिवक्ताले काम गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति:March 21, 2021