लगातार उकालो लागेको सुनको मुल्या आज तोलामा चार सयले घट्यो

  Sampatti News

April 11, 2021

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ । केहीँ दिनदेखि बढिरहेको सुनको मूल्य आज भने तोलामा ४०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावल सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँ कायम थियो ।
आज तेजावी सुन प्रतितोला ८९ हजार ५० रुपैयाँ कायम भएको छ । यसैगरी चाँदी आज १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदि व्यवसाय संघले जनायको छ ।

प्रकाशित मिति:April 11, 2021