ओलीले डाके एमाले केन्द्रीय समितिको बैठक

  Sampatti News

April 12, 2021

काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । ओलिले वैठक नयाँ बर्ष लागेपछि बैशाख ६गतेको लागि बोलायका हुन् ।
बागमती प्रदेश सहइन्चार्ज शेरबहादुर तामाङले यो बैठकले पार्टीको महाधिवेशनका विषयमा निर्णय गर्ने बताए । एमालेको विवाद बढ्दै जाँदा ओलीले महाधिवेशन केन्द्रित गतिविधि गरिरहेका छन् भने वरिष्ठ नेता माधवकुमार नेपाल समूहले देशभर समानान्तर संगठन निर्माण गरिरहेको छ ।
समानान्तर गतिविधि गरेको भन्दै ओलीले वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुुरेन्द्र पाण्डेलाई कारबाही स्वारुप ६ महिना निलम्बनको गरेका छन् । ओलीले आफूलाई साथ दिनेहरुलाई विभिन्न जिम्मेवारी दिने तयारी पनि गरेका छन् ।
गएको ७ चैतमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले कार्यविभाजनको प्रस्ताव तयार पार्न उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव प्रदीप ज्ञवाली र नेता टोपबहादुर रायमाझीलाई जिम्मेवारी दिएको थियो । आगामी बैठकमा नेताहरुको कार्यविभाजनको प्रस्ताव पेश गर्ने तयारी छ ।

प्रकाशित मिति:April 12, 2021