एमसीसी परियोजना अघि बढाउनुपर्छः एमाले सांसद अधिकारी

  Sampatti News

April 12, 2021

काठमाडौँ । एमाले सांसद खगराज अधिकारीले एमसीसी परियोजना अघि बढाउन माग गरेका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद अधिकारीले एमसीसी तुरुन्त बहसको विषय बनाउन माग गरेका हुन् ।
उनले भने, ‘३ ४ वर्ष भयो एमसीसी परियोजनाका विषयमा छलफल भएको छ । कांग्रेस र माओवादीको संयुक्त सरकार हुँदा सम्झौता गरियो । आज थन्को लगाएर तपाईंको तपाईंसमक्ष छ । ३४ वर्ष कहिलेसम्म लड्काउने हो ? संसदको विजनेश बनाउन माग गर्दछु ।’
उनले राजनीतिक दलले एमसीसीलाई जुवाको खालजस्तो बनाएको बताए । उनले भने, ‘एमसीसी राष्ट्रिय हितअनुकुल बनाइन्छ सत्ताबाहिर हुँदा । अरु कुरा त कार्यव्यवस्था समितिको बैठकमा समेत हुन्छ । तर एमसीसीका विषयमा कुनै कुरा हुँदैन । सत्ताको निम्ति जुवाको खालमा नराख्न माग गर्छु ।’

प्रकाशित मिति:April 12, 2021