दर्ता नभएका उपभोक्ता समितिबाट काम नगराउन निर्देशन

  Sampatti News

December 8, 2021

दर्ता नभएका उपभोक्ता समितिबाट काम नगराउन निर्देशन

काठमाडौँ-दर्ता नभएका उपभोक्ता समितिबाट कुनै पनि काम कारवाही नगर्न नगराउन स्थानीय तहलाई परिपत्र भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दर्ता नभएका उपभोक्ता समितिमाथी कडा कदम चालेको हो ।

सामान्य प्रशासन मन्त्रालयले देशभरीका सबै स्थानीय तहलाई परिपत्र गरेको छ ।

यो वर्ष विभिन्न निर्माण कार्य गर्न गठन भएका उपभोक्ता समितिहरू संस्था दर्ता ऐन,२०३४ को दफा ३ अनुसार दर्ता भएको नपाइएकोले सामान्य प्रशासन मन्त्रालयले उक्त निर्देशन दिएको हो ।

विधानसहित दर्ता नभएमा संस्थालाई मान्यता दिन नमिल्ने कानुनी प्रावधान रहेको उल्लेख गर्दै स्थायी संयन्त्रमार्फत नै काम गर्न भनिएको छ ।

दर्ता नभएका त्यस्था समिति स्थानीय स्तरमा सेटिङमा गठन हुने र कार्य सम्पन्न पश्चात् समिति विघटन गर्ने बिकृती रहदै आएको थियो ।

निर्माण कार्य सम्पन्न भएका आयोजना सञ्चालन तथा मर्मत सम्भारमा त्यस्ता समिति आफ्नो जिम्मेवारी बाट पन्छिने गरेका थिए ।

त्यस्ता उपभोक्ता समितिले आय व्ययको लेखा परीक्षण समेत नगराउने भएकोले स्थायी संयन्त्रमार्फत नै काम गर्न र गराउन मन्त्रालयले निर्देशन दिएको छ ।

दर्ता नभएका उपभोक्ता समितिबाट काम नगराउन निर्देशन

प्रकाशित मिति:December 8, 2021