स्वास नलीमा ओमिक्रोन भाईरसको बृद्धी तिब्र: फोक्सोमा निष्कृय

  Sampatti News

December 19, 2021

स्वास नलीमा ओमिक्रोन भाईरसको बृद्धी तिब्र: फोक्सोमा निष्कृय

एजेन्सी-चीनका बैज्ञानिकले ओमिक्रोन भाईरसवारे नँया तथ्य पत्ता लगाएका छन् ।

चीनको हङकङ्ग बिश्वबिद्यालयका अनुसन्धानकर्ताहरुले हालै गरेको अध्ययन अनुसार ओमिक्रोन भेरियन्टको कोरोना भाईरस मानिसको स्वासनलीमा पहिलेका डेल्टा भेरियन्ट भन्दा ७० प्रतिशत बढी बृद्धी भएको पाईएको हो ।

साथै उक्त भाईरस फोक्सोमा पुगेपछि भने डेल्टा भेरियन्टको तुलनामा ७ गुणाले कमजोर हुने उक्त अध्ययनको निष्कर्ष रहेको छ ।

अनुसन्धानकर्ताले सार्स कोभ-२ को ओमिक्रोन भेरियन्ट मावन ब्रोन्कस (मुख्य श्वास नली) मा डेल्टा र सुरुको सार्स कोभ-२ भन्दा ७० गुणा वृद्धि हुने पत्ता लगाएका छन्’, अनुसन्धानकर्ताको टोलीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ,‘अन्य भेरियन्टभन्दा ओमिक्रोन मानिस-मानिसबीच चाँडो फैलिनुको कारण यही हुन सक्छ ।’ प्रतिवेदनमा भनिएको छ ।

तर फोक्सोका कोषमा पुगेपछि भने ओमिक्रोन वृद्धि हुने प्रक्रिया अन्य भेरियन्टभन्दा १० गुणाले घट्ने अनुसन्धानले देखाउँछ ।

यही कारण अन्य भेरियन्टको तुलनामा ‌ओमिक्रोनका संक्रमित गम्भीर अवस्थामा पुग्ने संभावना कम रहेको हुन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन् ।

‘मानिसमा भाइरसको वृद्धि दरले मात्रै मानिसमा देखिने गम्भीर रोगलाई निर्धारण गर्दैन, यसलाई संक्रमणविरुद्ध शरीरको इम्युनिटी क्षमताले पनि निर्धारण गर्छ भन्ने कुरा थाहा पाउन आवश्यक छ’, प्रमुख वैज्ञानिक डा. माइकल चाङ चि वाईले भने, ‘साथै, रोगको कारक भन्ने अति संक्रामक भाइरसले धेरैलाई संक्रमित गरेर गम्भीर बिरामी बनाउने र मृत्यु हुने संभावना पनि हुन्छ भनेर बुझ्नुपर्छ ।’

आफूहरूको पछिल्लो अध्ययनबाट ओमिक्रोनले खोप लगाएका कारण र यसअघिको संक्रमणपछि विकास हुने इम्युनिटी छल्न सक्ने देखिएको हुँदा यसको समग्र जोखिम धेरै रहेको पनि चाङले बताए ।

चीनका अनुसन्धानकर्ताको उक्त अनुसन्धानको पियर रिभ्यु भने हुन बाकी नै रहेको छ ।

उक्त क्षेत्रका दक्षता हासिल गरेका प्रध्यापक तथा बिशेषज्ञको टोलीले अनुसन्धानको निश्पक्ष बिश्लेषण गरेपश्चात उक्त अध्ययनलाई प्रमाणिकरण गरेपछी मात्र अनुसन्धानले बैधानिक्ता पाउने छ।

स्वास नलीमा ओमिक्रोन भाईरसको बृद्धी तिब्र: फोक्सोमा निष्कृय

प्रकाशित मिति:December 19, 2021