अमेरिकी डलरको मूल्यमा अस्थिरताः विहिबार फेरी बढ्यो ।

  Sampatti News

March 19, 2020

काठमाडौँ । विहीबार अमेरिकी डलरको मूल्यमा वृद्धि भएको छ ।

मंगलबारको तुलनामा बुधबार (हिजो) खरिद दरमा ३१ पैसा र बिक्री दरमा ५५ पैसाले गिरावट आएको अमेरिकी डलरको मुल्य विहीबार पुनः बढेको हो ।


विहीबार आज (आज) प्रति अमेरिकी डलरकोे खरिददर १ सय १८ दशमलव ५१ पैसा रहेको छ भने बिक्रिदर १ सय १९ दशमलव ११ पैसा रहेको छ । यो भनेको बुधबारको तुलनामा विहीबारको खरिदरमा ३ पैसा र बिक्रिदरमा २ पैसाले बढी हो ।

प्रकाशित मिति:March 19, 2020